'बहुमत भएर पनि काम गर्न सकेनौँ, फेरि बहुमत दिनुस' - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

‘बहुमत भएर पनि काम गर्न सकेनौँ, फेरि बहुमत दिनुस’



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले पार्टी नफुटोस् भन्ने पक्षमा आफू रहेको बताएका छन्। नेकपाको बिहीबार भएको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी फुटका लागि आधार तयार भइनसकेको भन्दै अहिले भइरहेका कतिपय काम दुर्भाग्यपूर्ण भएको बताए।

उनले प्रधानमन्त्रीको ताजा जनादेशमा जाने कुरालाई सर्वोच्च अदालले समर्थन गर्छ भन्ने विश्वास प्रधानमन्त्रीमा रहेको स्पष्ट पारे। “सर्वोच्च अदालते के गर्छ पर्खौं, तर प्रधानमन्त्रीको ताजा जनादेशमा जाने जुन प्रयोग गर्नुभएको छ, त्यसलाई सर्वोच्च अदालतले समर्थन गर्छ भन्ने विश्वास उहाँको रहेको छ”, नेवाङले भने।

उनले ताजा जनादेशअनुसार आफू जनतामा जाँदा के भन्छौँ भन्नेमा तयार रहेकोसमेत स्पष्ट पारे। “एउटा ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनका लागि हामीसँग धेरै सोच थिए। यसमा हामी अगाडि बढ्ने तयारीमा थियौँ। पाँच वर्षअगाबै संसद् विघटन गर्छौं भन्नेस्थित नआओस् भन्नका लागि हामी सजग थियौँ”, उनले भने, “हामीले बहुमत हुँदाहुँदै पनि काम गर्न पाएनौँ, यही कुरा जनतामाँझ लिएर जान्छौँ।” उनले पार्टी फुट्दा जनतालाई दुःख दिने काम कसले गर्‍यो हामीले गर्‍यौं कि अरुले गर्‍यो त्यसको छिनोफानो र सजाय जनताले दिनेसमेत बताए।