ओलीले बहुमत र विवेकमध्ये एउटा रोज्ने बेला आयो: शर्मा - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

ओलीले बहुमत र विवेकमध्ये एउटा रोज्ने बेला आयो: शर्मा



काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अघिल्लो सरकारले ल्याएको चिकित्सा शिक्षासम्बन्धी अध्यादेशलाई नै आधार बनाएर विधेयक ल्याउनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस अहिले प्रतिपक्षमा हुँदा पनि सरकारमा हुँदा ल्याएको अध्यादेशकै आधारमा विधेयक ल्याउनुपर्छ भन्ने अडानमा रहेको शर्माले स्पष्ट पारे ।

उक्त अध्यादेशकै आधारमा विधेयक ल्याउनुनै अहिलेको समस्याको समाधान भएको शर्माको जिकिर छ ।

नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै शर्माले संसदमा बहुमत र विवेकको बहस हुने बेलामा प्रधानमन्त्रीले अब बहुमत नभै विवेक रोज्नुपर्ने सुझाब दिए ।

लोकतान्त्रिक प्रक्रियाबाट आउनु र लोकतान्त्रिक चरित्र हुनुमा फरक हुने भएकाले अहिलेको समयमा सरकारले चरित्रलाई प्राथमिकता दिनुपर्ने शर्माको तर्क छ ।