बाहुबलीको प्रिक्वेलको टीजर सार्वजनिक('भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बाहुबलीको प्रिक्वेलको टीजर सार्वजनिक(‘भिडियो सहित)



काठमाडौं – ब्लकबस्टर भारतीय सिनेमा बाहुबलीको पूर्वभाग अर्थात् प्रिक्वेल वेब सिरिजमार्फत दर्शकहरूलाई मनोरञ्जन दिनका लागि आउँदैछ ।

नेटफ्लिक्सले छिट्टै बाहुबलीको प्रिक्वेल बिफोर द बिगिनिङ (शुरूआतभन्दा अघि) ल्याउन लागेको छ । यसको प्रिक्वेल पनि सार्वजनिक गरिएको छ ।

यो वेब सिरिज दुई सीजनमा देखाइनेछ । बाहुबलीको कथा शुरू हुनुभन्दा अघिको कथा यसमा देखाइनेछ । यसमा रानी शिवगामीलाई बढी जोड दिएर देखाइनेछ ।

प्रिक्वेलको टीजरमा नयाँ कुरा त खासै छैन । यसमा बाहुबलीका दुई भागकै केही शट लिइएको छ । यसमा बाहुबली र शिवगामी अनि माहिष्मती साम्राज्यका केही दृश्य समावेश गरिएको छ ।

पहिलो सीजनमा नौवटा एपिसोड हुनेछन् । त्यसमा माहिष्मती शहर कसरी एक विशाल साम्राज्य बन्यो भन्ने देखाइनेछ ।

अहिले यसमा खेल्ने कलाकार र यो कहिले सार्वजनिक गरिने हो, केही बताइएको छैन ।