हस्ताक्षर नगरी एकाएक हिँडे एमाले सांसद सुरेन्द्र पाण्डे - Himal Post Himal Post
  • १६ माघ २०८१, बुधबार
  •      Wed Jan 29 2025
Logo

हस्ताक्षर नगरी एकाएक हिँडे एमाले सांसद सुरेन्द्र पाण्डे



काठमाडौं- नेकपा एमालेका खनाल–नेपाल समूहका नेता तथा एमाले सांसद सुरेन्द्र पाण्डे संसद भवनको ल्होत्से हलबाट एकाएक बाहिरिएका छन्। उनले आज रिट दायर नहुने भन्दै बाहिरिएका छन् ।

नेता पाण्डेले प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा हस्ताक्षर नगरी बाहिरिएका छन् । पाण्डे आज रिट दायर नहुने भन्दै हस्ताक्षर नगरी बाहिरिएपछि नेताहरू आपसमा खासखुस गरिरहेका छन् ।

खनाल-नेपाल समुहका केहि नेता नआएकाले आज रिट दर्ता नहुने आशंका गरिएको छ । गठबन्धनले नयाँ बानेश्वरस्थित संसद भवनमा संसद विघटनको रिटमा हस्ताक्षेर गराइ रहेको छ ।