नेकपा स्थायी कमिटी बैठकबाट एकाएक निस्किए ओली - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

नेकपा स्थायी कमिटी बैठकबाट एकाएक निस्किए ओली



काठमाडौं – लामो समयपछि बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एकाएक बाहिरिएका छन् ।

बैठक सुरू भएको केहीबेरमै उनि बाहिरिएको बताइएको छ। उनी किन बाहिरीए भन्नेबारे खुलेको छैन । यधपी ओली निकटहरूले उनी सल्लाहमै बाहिरिएको दाबी गरेका छन् । तर दुई अध्यक्षले तयार पारेको प्रस्तावमा ओली पनि बैठकमा बस्नेगरी तयारी गरिएको थियो ।

गत साउन १३ गते बसेको बहुमत सदस्यको बैठकपछि आज बैठक बसेको हो। गत सोमबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच बालुवाटारमा भएको छलफलबाट आज बैठक बोलाउने तय भएको थियो।

स्थायी कमिटी बैठक गत असार १० गतेदेखि सुरु भएको थियो। तर, सुरुवातदेखि नै विवादबाट गुज्रिरहेको बैठक साउन १३ गते उत्कर्षमा पुगेको थियो। त्यसदिन ओलीले एकलौटी ढंगले बैठक स्थगित गरेपछि प्रचण्ड र माधव कुमार नेपाल पक्षले आफू पक्षका सदस्यहरुको बैठक गरेको थियो। बैठकमा २९ जना स्थायी कमिटी सदस्य र २ जना वैकल्पिक सदस्य उपस्थित थिए।

साउन १३ गतेको सो बैठकले अर्का अध्यक्ष ओलीसँग छलफल गरी छिटो बैठक बोलाउने पहलकदमी लिने जिम्मा प्रचण्डलाई दिएको थियो।

दुई अध्यक्षले गत साउन ३० गते पार्टी विवाद समाधानका लागि उपाय सुझाउन ६ सदस्यीय कार्यदल गठन गरेका थिए। सो कार्यदलले भदौ ६ गते प्रतिवेदन बुझाएको थियो।