वायु प्रदूषण खतरनाक छ, घर बाहिर ननिस्कनु: वातावरण विभाग - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

वायु प्रदूषण खतरनाक छ, घर बाहिर ननिस्कनु: वातावरण विभाग



काठमाडौँ- वातावरण विभागले सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । वायु प्रदूषण सम्बन्धी सूचना निकाल्दै वातावरण विभागले बाहिर ननिस्कन अपील गरेको हो ।

विभागले बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका र मुटुका बिरामीहरु सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ । काठमाडौं उपत्यकामा देखिएको वायु प्रदुषणको खतरालाई मध्यनजर गर्दै बाहिर ननिस्कन आग्रह गरिएको छ ।

सोमबारदेखि मौसममा आएको बदलावसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको हुनाले विभागले यो आग्रह गरेको बताइएको छ ।

बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएकाले घरबाहिर निस्कदा विशेष सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।

त्यस्तै तराई क्षेत्रका शहरहरूमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको सावधानी अपनाउन अनुरोध गरेको छ । फोहोर र आगो बाल्दा वायु प्रदूषण बढ्ने भएकोले यस्तो कार्य नगरिदिनुहुन विभागले अनुरोध गरेको छ ।