बहिनी हराएपछि दाजुमाथि आरोप ,खोजिदिन आग्रह ! - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

बहिनी हराएपछि दाजुमाथि आरोप ,खोजिदिन आग्रह !



बाबु रोका मगर

केहिबर्ष दिखी हाम्रो नेपाली समाजमा महिला तथा युवतीहरू हराउने बेचिने लापता हुने कयौँ अप्रिय घटना विभिन्न सामाजिक सञ्जाल तथा मिडिया समाचार मार्फत जानकारी हुंदाहुदै पनि यी घटनाहरूमा कमी तथा नियन्त्रण भएका छैनन् ।

यस्तै घटना फेरि अर्को ठानिडाँडाँ रुरु गुल्मी निवासी बिबाहित २४ वर्षीय बसन्ती नेपाली आजभन्दा ६ महिना पहिले एक जना प्युठान जिल्ला निवासी आफूलाई राजु नेपाली बताउने युवक जसको तस्बिर मात्रै छ हामी सँग पुरै विवरण नभएकोले खोजतलाशिमा केही अवरोध भएको हुँदा उक्त पुठान निवासी युवकले ती बसन्ती नेपाली लाई ‘म धामी झाँक्री हुँ तिम्रो बिमार ठिक बनाउँछु भनी फकाइफुलाइ लगेको उनको दाइले सन्तोष नेपालीले  बताएका छन् ।

उतिबेला गएकी बसन्ती सोही दिनदेखि सम्पर्कबिहिन भएको खबर दिल्ली स्थित सामाजिक सङ्गठन नेपाली देशभक्त आवजालाइ जानकारी गराएका छन् । देशभक्त आवाजलाई जानकारी गराइसकेपछी हराएकि बसन्ती नेपालीको तीव्र खोजी कार्य भइरहेको देशभक्त आवाजका प्रतिनिधिहरूले बताएका छन् अहिले ती दुवैजना सम्पर्कबिहिन भएपछि गाँउलेहरुले बसन्ती का दाजु सन्तोष माथि शङ्का उपशंका गरी उनलाई घरपरिवार बाट बैनी बेचेको आरोप लगाइ गाउँमा बस्न खान नदिएपछि पंजापमा काम गर्दै हराएकी बहिनीको खोजीमा जुटेको बताएका छन् ।

हराएकी बसन्ती नेपालीको आफ्नै दाजु सन्तोष नेपालीले दुखी हुँदै भने आज म यस्तो ठुलो समस्यामा परेको छु त्यसैले म आज तपाईँहरूको साथ मागेको छु । उसलाई भेटाएर कडा भन्दा कडा कार्वाही गर्न सबैलाई अनुरोध गरेको छु । मैले उसलाई धेरै विश्वास गरेर बहिनीको इलाज गराउँछु भनी उसलाई आफ्नै दाइ बनाएर घरमा लगेको थिए ।मेरो बहिनी बिवाहित हुन उनको श्रीमान् घरमा हुनुहुन्छ बहिनीलाई उपचार गर्नको लागि विभिन्न धामी झाँक्री अस्पताल डक्टरकोमा उपचार गराउँदा पनि ठिक नभएर यही मान्छेको भरोसामा उसलाई घर लाएको थिए ।

उहाको  र मेरो पंजाबमा चिनाजानी भएको थियो त्यो पापीको कुदृष्टि मेरो बैनी माथि पर्छ भन्ने मैले सोचेको पनि थिएन अहिले उसले लगेर बेपत्ता पारेको छ मलाइ बहिनी बेच्यो भनेर गाउँ आफन्तबाट पनि मानसिक यातना र पीडा खेप्नुपरेको छ म निर्दोष छु तरपनी सबैले मलाइ दोषी ठहराउदै गाउँबाट निकालिदिएकाछन बहनि बेचेको आरोपमा फसाएर म आफ्नो परिवारबाट टाढिन पुगेको छु म गलत छैन यो प्रमाणित गर्नका लागि मैले रात दिन एक गरी खोजी कार्यमा लागेको छु मेरो साथ कसैलेपनी नदिएर म धेरै आपतमा छु अहिले मेरी बहिनीलाई त्यो अपराधीले भारतको हिमाचल शिम्ला रोहडु भन्ने ठाँउहरुमा लगेको शङ्का छ आज यही मिडियाबाट आफ्नो हकिकत गुनासो राख्न पाएकोमा मिडियालाई धन्यवाद दिँदै भने कुनै पनि दाजुले आफ्नी बहिनीलाई यस्तो घिनलाग्दो काम गर्न सक्दैन मेरो विश्वास लाई तोडेर त्यो प्युठानको मान्छेले मलाइ नै अफ्ट्यारो मा राखेको छ ।

अब हराएकी बसन्ती नेपाली र फरार भएका राजु नेपालीलाई भेटाएर सत्य तथ्य बाहिर ल्याएपछि दोषी को हो पत्तो लाग्नेछ ।

तस्बिरमा देख्नुहुने जोकोहिले पनि ती दुइजनालाइ जहाँकहि देख्नु भयो या फेला पार्नुभएमा निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्नुहुन हार्दिक अपिल गरिएको छ साथै यो समाचार सबैले सक्दो शेयर गरी खोजिकार्यलाइ सहज बनाइदिनुहुन अपिल गरिएको छ ।

सम्पर्क दाइ सन्तोष नेपाली +91-6239574364,8146552973,
अन्य सहयोगी तथा आफन्तहरू:- +91-9871485836, 8800675738, 9971206575, 9818809021, +91 97736 22922, 9717739774