बहस रोकेर न्यायाधीशहरूले किन गर्दैछन् आन्तरिक छलफल ? देलान त अन्तरिम आदेश ?
काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । दुई वरिष्ठ अधिवक्ताले बहस सकेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमा वरिष्ठ अधिवक्ता शम्भु थापा र वरिष्ठ अधिवक्ता महादेव यादव बहस गरेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
थापाको बहस सकिएपछि बहसलाई एकाएक रोकेर प्रधानन्यायाधीश र चारजना न्यायाधीश आन्तरिक छलफलमा जुटेको बताइएको छ । अन्तरिम आदेश दिने नदिनेबारे निर्णय हुनसक्ने बताइएको छ । उनीहरू अन्तरिम आदेश दिने नदिनेबारे निर्णय गर्ने छलफलमा जुटेको हुनसक्ने बताइएको छ
आन्तरिक छलफलपछि बहस फेरी सुरू हुनेछ ।
अधिवक्ता थापालाई न्यायाधीश ईश्वर सोधेका थिए, ‘अन्तरिम आदेश पनि माग्नुभएको छ, अन्तरिम आदेश दिने आधार के छ ?’ जसमा थापाले विश्वासको मत नै नलिएको प्रधानमन्त्रीले विघटन गर्नै नपाउनेसहितका आधारहरू प्रस्तुत गरेका थिए ।