सर्वोच्चमा बहस: ओली बाहेक अरूलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्रमा राष्ट्रपति लागेको आरोप - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

सर्वोच्चमा बहस: ओली बाहेक अरूलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्रमा राष्ट्रपति लागेको आरोप



काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बुधबारको इजलासमा दुई वरिष्ठ अधिवक्ताको बहस सुनेपछि न्यायाधीश छलफलमा जुटेका छन् ।

यसअघि निवेदक शेरबहादुर देउवाको तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादव र शम्भु थापाले बहस गरेका थिए । थापालाई न्यायाधीश ईश्वर खतिवडाले किन अन्तरिम आदेश माग गर्नुभएको हो ? त्यसमाथि केन्द्रित रहेर बहस गर्न आग्रह गरेका थिए ।

निवेदक शेरबहादुर देउवाका तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादव र शम्भु थापाले बहस गरेपछि न्यायधीशले २ः३० बजेपछि निवेदकका कुरा सुन्ने गरी टी ब्रेक गरे ।

खतिवडाले न्यायाधीशहरूबीच छलफल गरेर टिब्रेकपछि इजलास बस्ने जानकारी दिएका छन् । बहसमा वरिष्ठ अधिवक्ता यादवले राष्ट्रपतिको विज्ञप्तिबाट ओली बाहेक अरूलाई प्रधानमन्त्री बन्न नदिने प्रस्ट भएको बताएका थिए ।

७६(५) अनुसार सरकार बन्न नसक्ने अवस्था नभएको नभई राष्ट्रपतिले अरूलाई प्रधानमन्त्री नबनाएको उनको जिकिर छ ।

उनीपछि बोलेका थापाले धारा ७६ भएन भने संसदीय प्रजातन्त्र नरहने बताए । यसले संसदीय प्रजातन्त्रको रक्षा गरेको भन्दै उनले भने ‘लामो अभ्यास र प्रयोगपछि कुनै धारा वा व्यवस्था राखिएको हुन्छ । यो धाराको प्रयोग गर्नैपर्ने हुन्छ ।’ कसैले बहुमत लिएर गइसकेपछि राष्ट्रपतिले आफ्नो कर्तव्यपालना गर्नुपर्ने उनले बताए ।