बाग्मती सरसफाई अभियानमा अर्घाखाँची युथ नेटवर्कको पचौ पटक सहभागिता - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

बाग्मती सरसफाई अभियानमा अर्घाखाँची युथ नेटवर्कको पचौ पटक सहभागिता



हिमाल पोस्ट /काठमाडौं बैशाख ३ 

अर्घाखाँची जिल्लामा जन्मभैइ काठमाडौँमा अध्ययन गरी बस्ने युवा विद्यार्थी रुको पहलमा भर्खर स्थापना भएको  अर्घाखाँची युथ नेटवर्क द्वारा पाचौ पटक बाग्मती सफाई अभियानमा सहभागिता जनाएको छ ।नेटवर्कका अध्यक्ष बिराज घिमिरेको अगुवाइमा चैत्र ५ गते शनिवार १७ जनाको टोलीले काठमाडौँ बाग्मती सफाई अभियानमा सक्रिय सहभागिता जनाएको हो ।

समाजमा विभिन्न सृजनशिल कार्य गर्ने उद्देश्य राखेर स्थापना गरिएको सो नेटवर्कले आगामी दिनमा अर्घाखाँची जिल्लाका नदी, सहर ,क्याम्पस ,बिधालय मा सरसफाइ अभियान सञ्चालन गर्ने उद्देश्य रहेको नेटवर्कका सचिव नारायण घिमिरेले बताउनु भयो ।सो नेटवर्कले बाग्मती सफाइ अभियानमा देखाएको सहभागिताको सर्वत्र प्रशंसा गरिएको छ ।

यस्ता क्लबहरु खोल्ने सुरु सुरुमा सक्रिय भएजस्तो हुने र क्रमशः हराउने प्रवृत्तिको अन्तगरी निरन्तर सामाजिक गतिविधिमा सक्रिय रहन ,अन्य क्लबसंग सहकार्य गरी अगाडि बढन र आवश्यक सहयोग गर्न हामी जिल्लाबासी समेत तैयार हुनुपर्ने आवश्यकता देखिन्छ ।