बागलुङ अपडेट: ११ जनाको शव भेटियो, ३० जना बेपत्ता, ३१ घर बगे - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

बागलुङ अपडेट: ११ जनाको शव भेटियो, ३० जना बेपत्ता, ३१ घर बगे



बागलुङ – बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा ३०जना भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले ३१ घर र एउटा स्वास्थ्य चौकीमा पूर्ण क्षति भएको छ ।

मृत फेला परेका ११ जनामध्ये ढोरपाटन–९ की २६ वर्षकी केशमाया बिकको मात्रै पहिचान भएको छ । अरु ६ महिला र चार पुरुषको पहिचान नभएको डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिएका छन् । बेपत्ता हुनेको संख्या थपिने क्रम जारी रहेकाले ठूलो मानवीय क्षति भएको हुन सक्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रेग्मीले भनेका छन्, ‘बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको सङ्ख्या बढ्न सक्ने अनुमान छ ।’

अरिवरल वर्षासँगै बुधबार मध्य रातिमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।