वडाअध्यक्षसँगै कांग्रेस र राजमोका सयौं कार्यकर्ता नेकपा प्रवेश - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

वडाअध्यक्षसँगै कांग्रेस र राजमोका सयौं कार्यकर्ता नेकपा प्रवेश



बागलुङ : बागलुङको ढोरपाटन नगरपालिका-३ का वडाअध्यक्ष नेकपा प्रवेश गरेका छन्। उनि स्थानीय तहको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए।

आइतबार नेकपाले आयोजना गरेको उप-निर्वाचन तयारी बैठकमा उनि नेकपा प्रवेश गरेका हुन्। देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट वडाअध्यक्षमा विजयी भएका घर्ति निर्वाचित हुँदा तत्कालीन माओवादी केन्द्रसँग तालमेल गरेका थिए।

सानो पार्टीमा बसेर काम गर्न असजिलो भएको भन्दै नेकपामा प्रवेश गरेको घर्तिले बताए। उनीसहित ढोरपाटन नगरपालिका–३ बाट नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका कार्यकर्तासमेत नेकपा प्रवेश गरेका छन्।

घर्तिसहित झण्डै १ सय कार्यकर्तालाई ढोरपाटन नगर कमिटी र जिल्ला कमिटिका पदाधिकारीहरुले अविर लगार प्रवेश गराएका थिए।