नेपालमा कोरोना भेटिएपछि बाग्लुङ जिल्ला नै आतंकित
बाग्लुङ- नेपालमा कोरोना सङ्क्रमण भेटिएपछि बाग्लुङ जिल्ला झन् आतंकित बनेको छ ।
फ्रान्सबाट आएकी काठमाडौंकी किशोरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीसँगै आएका युवक जन्मघर बाग्लुङको ढोरपाटन पुगेको खुलेपछि तनाव उत्पन्न भएको हो ।
किशोरी चढेको विमानमा यात्रा गर्नेहरुबारे जानकारी लिंदा बाग्लुङका ति युवकबारे पत्ता लागेको हो ।
संक्रमित युवतीसँगै आएका ती युवक एक रात काठमाडौंमा बसेर बाग्लुङ पुगेका थिए ।
उनी बसेको स्थान र यात्रा गरी गएको सवारीलगायतको वृस्तृत विवरणहरु पत्ता लगाइएको बुझिएको छ ।
युवकसँग सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न भनिएको छ ।
युवकलाई पैदल यात्रामार्फत आज बुर्तिबाङ बजार लगिने भएको छ ।
युवकसँगै आएकी किशोरीलाई संक्रमण भएको जानकारी पाएपछि गाउँमात्र नभई ढोरपाटन नगरपालिका र बाग्लुङमा समेत त्रास बढेको छ ।
युवकलाई आइसोलेसनमा राखेर परीक्षण गर्ने तयारी भइसकेको बुझिएको छ ।