बाग्लुङमा नेकपाबाट वागी उम्मेद्वार - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

बाग्लुङमा नेकपाबाट वागी उम्मेद्वार



काठमाडौं- देशभर उपनिर्वाचनको गर्मी बढिरहेको छ । कतिपय ठाउँमा आफ्नै पार्टीका नेताले बागी उठ्दा दलहरूलाई टाउको दुखाई बनिरहेको छ ।

प्रदेश सभा अन्तर्गत बाग्लुङ २ (ख) मा नेकपाका स्थानीय नेताले वागी उम्मेदवार दिएका छन्। वाम गठबन्धनबाट बिद्रोह गर्दै शेरमान घर्ती मगरले उम्मेदवारी दर्ता हुन्।

घर्ती मगरको प्रस्तावकमा २०७४ मा नेकपा एमालेको तर्फबाट प्रदेशसभामा उम्मेदवारमा प्रस्तावित दधिराम आर्याल रहेका छन्।

साबिक बोबाङ गाविसका अध्यक्ष घर्ती मगर गत स्थानीय निर्वाचनमा तात्कालिन माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकामा मेयरका लागि उम्मेदवार थिए। उनले १ हजार ४ सय मत प्राप्त गरेका थिए।

सो क्षेत्रमा बामपन्थी दलहरुबीच चुनावी तालमेल रहेको छ। नेकपाले सो क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाडेको छ। राजमोको तर्फबाट खिमविक्रम शाही उम्मेदवार रहेका छन्। प्रदेशसभाको राजमोका सांसद रहेका टेकबहादुर घर्तीको निधन भएपछि सो क्षेत्रमा मंसिर १४ मा उप निर्वाचन हुन लागेको हो।