बाघको आक्रमणबाट गुल्मीमा एक महिला घाइते - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बाघको आक्रमणबाट गुल्मीमा एक महिला घाइते



गुल्मी । बाघको आक्रमणबाट गुल्मीमा एक महिला घाइते भएकी छन् ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक, भुवन गैराखर्ख निवासी ३१ वर्षीय तारादेवी पोखरेल घाइते भएको स्थानीय कृष्ण अधिकारीले जानकारी दिए ।

अाज बिहान ६ बजे खोरबाट बाख्रा बाहिर निकाल्ने क्रममा उनलाई झम्टेको थियो । बाघले पोखरेलको अनुहार र गर्धनमा चोट पुर्याएको छ । उनलाई बिहानै जिल्ला अस्पताल तम्घास ल्याई उपचार भइरहेको वडाध्यक्ष मान बहादुर कुँवरले बताए ।

खोरमा बसेको बाघले २ वटा बाख्रा समेत मारेकाे छ । पछिल्ला समयमा गाउँमा बाघको बिगबिगी बढ्दै गएकोले सबैलाई सजग रहन समेत अध्यक्ष कुँवरले आग्रह गरेका छन् ।