‘विप्लव’ माथिको प्रतिवन्ध तत्काल फिर्ता गर्न बद्रि पंगेनीको माग - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

‘विप्लव’ माथिको प्रतिवन्ध तत्काल फिर्ता गर्न बद्रि पंगेनीको माग



काठमाडौँ । गायक बद्री पंगेनीले नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ माथि सरकारले लगाएको प्रतिवन्ध तत्काल फिर्ता गर्न माग गरेका छन्। द्वन्द्वबाट अहिलेसम्म विश्वमा शान्ति र स्थिरता नभएको उल्लेख गर्दै गायक पंगेनीले विप्लवलाई जवर्जस्ती युद्धमा नधकेल्न सरकारसँग अनुरोध गरेका छन्।

गायक पंगेनीले ध्वंश र विनासबाट मुलुक नबन्ने भन्दै अब देशले बम र बारुदको गन्ध सहन नसक्ने बताएका छन्। मुलुकलाई नै विखण्डन गर्ने क्रियाकलाप सञ्चालन गरिरहेका सिके राउतलाई आलिङगनमा बाँधेर देशभक्त विप्लवलाई प्रतिवन्ध लगाउनु शोभा नदिने पंगेनीको भनाई छ।

तर, त्यसबाट युद्ध रोकिएको थिएन। त्यसैले पनि सरकारमा पदाशिनहरुले समयमै आँखा खोल्नुपर्छ।’ यिनै कुराहरुलाई समेटेर गायक पंगेनीले कवितात्मक शैलीमा स्टाटस लेखेका छन्।

द्वन्दबाट अहिलेसम्म कुन देश बन्या छ र ?
विप्लवको प्रतिवन्ध तत्काल फिर्ता गर।

ध्वंश अनि बिनास होइन, बिकास निर्माण रोजौं
वार्ता अनि संवादबाटै सहमति खोजौं

अब देशले सहदैन बम बारुदको गन्ध
तिमिलाइ पनि लागेकै हो हिजो प्रतिबन्ध

हिजोकै पाठ पढेर नि खोल्नु पर्छ आँखा,
सिके दाइलाइ अंगालोमा बिप्लब किन पाखा?