बाढी पीडीत क्षेत्रमा सडक निर्माण हुँदा , स्थानिय हर्षित - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

बाढी पीडीत क्षेत्रमा सडक निर्माण हुँदा , स्थानिय हर्षित



सुशील ढुङ्गाना
कैलाली । कैलालीको जोशीपुर गाउँपालिका वडा नं ३ फाडीयाँ स्थीत बाढी प्रभावित क्षेत्रमा सडक निर्माण भए पछि स्थानिय बाढी पीडितहरुलाई राहत मिलेको छ । हरेक वर्ष बर्षातको समयमा आउने बाढीबाट प्रताडीत बन्दै आएका जोशीपुर गाउँपालिका वा.न. ३ फाँडीया लगाएत वरिपरी रहेका करिब सात ओटा गाउँका स्थानियहरुलाई राहत मिलेको हो ।

लुथरन विश्व फेडरेशनको आर्थिक सहयोगमा दिगो विकास समाज भजनी शक्रियातामा रु ८९ हजार एक सय, जोशीपुर गाउँपालिको रु एक लाख ५० हजार, गाउँको कोषबाट रु ४८ हजार र स्थानिय बासिन्दाको रु ४० हजार सात सय श्रमदान गरी जम्मा रु ३ लाख २७ हजार आठ सयको लागतमा सडक बने पछि स्थानिय बाढी पीडीतहरुलाई आवगमनमा सहज भएको जोशीपुर गाउँपालीका व.न. ३ का वडाध्यक्ष किसोर कुमार कठरीयाले बताउनुभयो । जोशीपुर गाउँपालिका लगाएत विभिन्न सहयोगी संस्था तथा स्थानियहरुको सक्रियतामा जोशीपुर वा.न. ३ को राजिपुर सीमानादेखि भित्रैयासम्मको करिब नौ सय पचास मिटर सडक निर्माण गरिएको उहाँले बताउनुभयो ।

गत वर्षको असारदेखि असोजसम्म विभिन्न समयमा आएको बाढीले ठाउँ–ठाउँमा सडक तत्काएको कारण स्थानियहरुलाई आवतजावतमा निक्कै समस्या रहेको स्थानिय सरीता चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो ‘गत वर्षको वर्षादले सडक पुरै भत्काएको कारण यातायातका साधनहरु चलाउन, खेतबारीबाट डल्लप (गोरुगाडा)मा अन्नबाली घरसम्म ल्याउन समेत निक्कै समस्या रहेको थियो । बालबालिकाहरुलाई स्कुल जान आउन समेत समस्या हुने गरेकोमा अहिले सडक निर्माण भए पछि सहज भएको छ । सडकको अझै स्तरोउन्ती गर्नु पर्ने आवश्यक छ ।’ वर्षादको समयमा करिब एक किलो मिटर सडक नै बगाएर बाढी घर पसेकोले गाउँलेको विचल्ली भएकोे स्थानियहरुले बताएका छन् ।

अहिले सडक निर्माणसंगै दुवै तिर ठूला नाली बनेकोले सडकमा पग्ने पानी नालीमा बग्ने र गाउँ वस्ती डुवानमा कम पर्नेमा आफुहरु आशावादी रहेको जोशीपुर गाउँपालिका ३ भित्रैयाका स्थानिय बासिन्दा दिवबहादुर डगौराले बताउनुभयो । यो क्षेत्रमा अधिकांस मुक्त कमैयाँहरुको बसोवास रहेको पनि उहाँले बताउनुभयो ।

उक्त सडक बनेसंगै भित्रैया, फाँडीया, तीनपार्क, महादेउलीया, कञ्चनपुर, मनिकापुर, राजिपुर लगाएतका गाउँका स्थानियहरुको आवगमनमा सहजता आएको उहाँले जानकारी दिनुभयो । सडकको कारण निक्कै समस्या झेल्नु परेको आफुहरु सडक निर्माणमा जुटेको फाँडीयादेखि राजिपुर सीमानासम्मको सडक ग्राभेल उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद ओझाले बताउनुभयो । अहिले सडकको दुवै तर्फ नाली खन्ने र सडक पटानी गर्ने काम सकिएको र केही दिनमै ग्राभेलको काम सुरु हुने उहाँले बताउनुभयो । बर्षादको समयमा सडक हिलाम्य हुने र साईकल, मोटरसाईकल, डल्लप (गोरुगाडा) ट्याक्टर लगाएतका सवारी साधानहरु सडकमै डुब्ने समस्याबाट मुक्ती मिल्ने उहाँले बताउनुभयो ।

यस्तै उक्त सडकले बाँधको रुपमा समेत काम गर्ने भएकोले यो बर्षादमा गाउँ डुवान कम हुने आशा स्थानियहरुले गरेका छन् । यो सडक बने पछी करिब सात गाँउका पाँच सय भन्दा बढी घरधुरी प्रत्यक्ष लाभाम्वीत भएका छन् । ‘विगतका दिनमा स्थानियहरुलाई वर्षादको समयमा कति बेला पानी पर्ने हो र स्थानिय काँडा नदी भरिए कतिबेला बाढी घर पस्ने हो भन्ने चिन्ताले सताई रहन्थ्यो ।’ स्थानिय रत्ना देवी चौधरीले बताउनुभयो । मध्ये रातमा बाढी गाँउघरमा पुसेर डुवान पार्दा सुरक्षित ठाउँसम्म जानलाई बाटो समेत नभएको झनै समस्या हुन्थ्यो उहाँले भन्नुभयो । अहिले बाटो निर्माण भए पछि यो वर्षादमा विगतका वर्षहरुमा झेल्नु पर्ने समस्या नहोला भन्नेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो ।

यो क्षेत्रमा मुक्त मकैयाँ तथा विपन्न वर्गका व्याक्तिहरुको संख्या बढी रहेकोले पहुँच नपुग्दा विकास नभएको स्थानियहरुले बताएका छन् । तराई क्षेत्र भएता पनि वर्षातको समयमा गाउँबाट बाहिर निष्कन नसकिने अवस्था रहेको सावित्र चौधरीले बताउनुभयो । बर्षातमा बाढीको आएको समयमा विजुली समेत काटीने भएकोले मोवाईलमा चार्ज गर्न समेत नपाउँदा गाउँका समस्या बारे सुरक्षा निकाय लगाएत प्रशासन र आफन्तहरुलार्ई जानकारी गराउन समेत समस्या हुँदै आएको उहाँले बताउनुभयो । बर्षतको समयमा जोशीपुर गाउँपालिकाका भित्रैया, फाँडीया, तीनपार्क, महादेउलीया, कञ्चनपुर, मनिकापुर, राजिपुर लगाएतका गाउँका स्थानियहरु रात भर नसुतेर जागराम बस्ने गर्दछन् जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्षातको समयमा कतिबेला पानी पर्छ र नदी भरीएर गाउँ पस्छ भन्ने पत्तोनै हुँदैन । गाउँलेहरु आफ्नो श्रीसम्पती र लालाबाल जोगान भन्दै वर्षातका तीन महिना घरमा मुख्य अविभावक सुत्दैनन । सुतेको समयमा बाढी घरमा पस्दा ठूलो क्षती नहोस र समयमै सुरक्षित ठाउँमा जान पाईयोस् भन्दै उनीहरु रातभर जागराम बस्ने गर्दछन् ।’

कैलाली जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा हरेका वर्ष बाढीले ठूलो क्षेती गर्दै आएको छ । यो क्षेत्रमा हरेका वर्ष सयौ विगाह खेती योग्य उर्भर भूमि नदीले कटान गरेर बगरमा परिणत गर्नुको साथै अन्नबाली बगाएर तथा डुबाएर नष्ट गर्ने गरेको स्थानियहरुको गुनासो रहेकोे छन् । यसको साथै घरमा रहेका खाद्यान्न, लुगाकपडा, पशुचौपाया समेत बाढीले बगाएर नोक्सान पु¥याउने गरेको स्थानिय कल्पना चौधरीले बताउनुभयो । बाढीबाट बच्न यस क्षेत्रका स्थानियहरु सो क्षेत्रमा रहेका सुरक्षित सामुदायिक वनका भवन, गाउँपालिका, विद्यालयका भवन तथा सुरक्षि स्थानमा रहेका आफन्तहरुको घरमा गएर बस्ने गरेको उहाँले बताउनुभयो ।

निर्वातनको समयमा विभिन्न राजनैतिक दलका नेताहरु आएको बाढी पीडीतहरुका सबै समस्या समाधान गर्छु भन्दै आउने भएता पनि निर्वाचन जितेर गईसके पछि भने गाउँमा कोही फर्कि नआउने गरेको यस क्षेत्रका स्थानियहरुको आरोप रहेको छ । बाढी पीडीत भएको समयमा केही संघ संस्थाहले तत्काल केही राहत स्वरुप चाउचाउ, विष्कुट, लुगाकपडा, त्रिरपाल लगाएतका सामाग्री वितरण गर्दै आएको भएता पनि त्यतीले मात्र यो क्षेत्रका बासिन्दाहरुको समस्या समाधान हुन नसक्ने उनीहरुको भनाई रहेको छ ।