बढ्यो सुनको मूल्य ,चाँदीको घट्यो ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बढ्यो सुनको मूल्य ,चाँदीको घट्यो !



काठमाडौं । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

ब्धबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।