कसैको बाध्यताका कारण सविंधान मिच्न पाइंदैन: नारायणकाजी - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

कसैको बाध्यताका कारण सविंधान मिच्न पाइंदैन: नारायणकाजी



काठमाडौं- राष्ट्रिय सभा सदस्य तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले बाध्यताका कारणले सविंधान मिच्न नपाउने बताएका छन्।

आज राष्ट्रिय सभामा बोल्दै उनले भने, ‘हाम्रो प्रधानमन्त्री र प्रधानमन्त्रीका समर्थन गर्ने कतिपय साथीहरुले भन्नुभएको छ, यो राजनीतिक बाध्यता पर्यो, संवैधानिक त हैन ।

संवैधानिक हो भन्न त सकिँदैन । राजनीतिक बाध्यता पर्यो, के हो बाध्यता ? कुनै बाध्यताका कारणले संविधान मिच्न पाइँदैन । सविंधानमाथि प्रहार गर्न पाइँदैन । सविंधानलाई उल्लंघन गर्न पाइँदैन । यो राजनीतिक परिवर्तनमाथि आक्रमण गर्न पाइँदैन ।’