बाढीले मिनी ट्रक नै बगायो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बाढीले मिनी ट्रक नै बगायो



काठमाडौं- सोलुखुम्बुमा बाढीले बिजुलीको पोल ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ।

सोलुखुम्बु प्रहरीका अनुसार शनिबार सोलुदूधकुण्ड नगरपाकालिका र थुलुङ दूधकोशी गाउँपालिकाको सिमानामा पर्ने भित्तेखोलाले बा ३ क ३५५६ नम्बरको ट्रक बगाएको हो।

बिग्रिएर पार्किङ गरी राखिएको राखेको ट्रक वर्षापछि आएको भेलले बगाएर करिब ५० मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए। बाढीले बगाउँका ट्रक क्षतिग्रस्त भएको छ।

नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरणका लागि आवश्यक पोल ढुवानीमा प्रयोग भइरहेको मिनीट्रक केही दिन अघिदेखि बिग्रिएर सोही खोला किनारमा पार्किङ गरेर राखिएको थियो।

ठेकेदार हरि खड्काले त्यस क्षेत्रमा काम गरिरहेको भए पनि उक्त ट्रक कसको हो भन्नेसमेत खुल्न नसकेको प्रहरीले जनाएको छ। अहिले ट्रकधनीको खोजी भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ।

शुक्रबार मात्रै प्राधिकरणकै विद्युत्को पोल लिएर सल्लेरीतर्फ आउँदै गरेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो। सोलुदूधकुण्ड नगरपालिका–८ शिकारीडाँडामा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।रासस