काठमाडौंमा बाढीको खतरा : सतर्क रहन मौसम विभागको आग्रह - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

काठमाडौंमा बाढीको खतरा : सतर्क रहन मौसम विभागको आग्रह



काठमाडौं । काठमाडौं लगायतका क्षेत्रमा बाढी आउने खतरा बढेको छ ।  जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भोलिसम्म काठमाडौं उपत्यकामा बाढीको खतरा रहेको जनाएको छ ।

वाग्मती नदीको जलाधार क्षेत्रमा समेत वहाव बढ्ने र काठमाडौ उपत्यका क्षेत्रमा शाखा नदीहरुले साँझपछि सतर्कता तह पार समेत गर्न सक्ने जनाइएको छ ।

आज देशैभरी मनसुन थप सक्रिय हुने र आगामी तीन दिन प्रमुख नदीहरु कोशी, गण्डकी र कर्णालीमा वहाव सतर्कता तह भन्दा तलै रहने महाशाखाले  जनाएको छ ।

बाँकी मझौला तथा ससाना नदी तथा उपजलाधारहरुमा सतर्कता बढाउनुपर्ने समेत महाशाखाले जनाएको छ । आज राति पछि  धेरै ससाना खोलानालाहरुमा बहाव सतर्कता तह आसपास हुने समेत महाशाखाले जनाएको छ । फाइल तस्बिर