बदर भएका ७७ मत कसलाई खसेका थिए ?
काठमाडौं । नेपाली कांग्रेसको सभापति निर्वाचनमा ७७ मत बदर भएको छ । कागजी मतदानमा ७७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार बदर भएका ७७ मत मिश्रित छन् । त्यसमध्य देउवा पक्षकै मत बढी छन् ।
कुल ४६८१ मत खसेकोमा ७७ मत बदर भएको मिडिया सेन्टरका सुरेश आचार्यले बताए । दोस्रो चरणको मतदान आजै हुने उनले जानकारी दिए ।
देउवाले कुल मतको ४८ दशमलब २३ प्रतिशत मत प्राप्त गरेका छन् । जित्नका लागि ५० प्रतिशत मत कटाउनुपर्छ ।