एमाले उपाध्यक्ष बादलले पनि दिए जनयुद्ध दिवसको शुभकामना - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

एमाले उपाध्यक्ष बादलले पनि दिए जनयुद्ध दिवसको शुभकामना



काठमाडौं । हाल नेकपा (एमाले)का उपाध्यक्ष रहेका माओवादी जनयुद्धका कमाण्डर रामबहादुर थापा ‘बादल’ले पनि जनयुद्ध दिवसको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत २७औं जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना दिंदै उपाध्यक्ष थापाले जनयुद्धको क्रममा देश र जनताको मुक्तिको लागि प्राण आहुति गर्ने शहीदहरूलाई स्मरण गरेका छन् ।

‘महान शहीदहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’ उने लेखेका छन्, ‘बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’

साथै उपाध्यक्ष थापाले शहीद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गरेको बताएका छन् ।