बादल बने राष्ट्रिय सभाका उम्मेदवार: बालुवाटारबाट मकवानपुर जाँदै - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

बादल बने राष्ट्रिय सभाका उम्मेदवार: बालुवाटारबाट मकवानपुर जाँदै



काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय सभाका लागि उम्मेद्वारी दिने भएका छन् । आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि वागमती प्रदेशअन्तर्गत एमालेको तर्फबता बादल उम्मेदवार हुने बाहेक हुन् ।

वागमती प्रदेशअन्तर्गतरिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उनले उम्मेदवारी दिने भएका हुन् । यसअघि उनले उम्मेदवारी दिने की नदिने भन्ने बिषयमा बालुवाटारमा बहस बहेको थियो ।

उम्मेदवार टुंगो लगाउनुअघि एमाले अध्यक्ष केपी शर्मा ओली, बादलसहित एमालेका नेताहरूले बालुवाटारमा छलफल गरेका थिए । छलफलपछि उम्मेदवारी दिन नेता बादल बालुवाटारबाट सीधै मकवानपुर हिँडेका छन् ।