सर्वेन्द्र खनालसँग गृहमन्त्री फायर ! - Himal Post Himal Post
  • ९ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 21 2025
Logo

सर्वेन्द्र खनालसँग गृहमन्त्री फायर !



उपत्यकाका उच्च प्रहरी अधिकारीहरु घुसकाण्डमा मुछिन थालेपछि गृहमन्त्री रामबहादुर थापा बादल रुष्ट बनेका छन् । पछिल्लाेसमय प्रहरीको घिनलाग्दा हर्कत देखेपछि आईजीपी सर्वेन्द्र खनालसँग गृहमन्त्रीले आक्रोश व्यत्त गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख डिएसपी श्यामकुमार राई शनिबार राति कार्यकक्षबाटै १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेपछि बादल उपत्यकाका प्रहरी अधिकारीहरुप्रति आक्रोशित बनेका हुन् ।

प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीन वटा वृत्त प्रमुख परिवर्तन गरेको छ । डिएसपी श्याम राईको ठाँउमा महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दलाई खटाइएको छ ।

त्यसैगरी महानगरीय प्रहरी वृत सातदोबाटोमा डिएसपी गौतम मिश्रलाई पठाइएको छ । सातदोबाटोका डिएसपी विनोद सिलवाललाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको हो ।

महानगरीय प्रहरी वृत थानकोटमा डिएसपी कुमारविक्रम थापालाई खटाइएको छ । थानकोट वृतका डिएसपी नवरत्न पौडेल संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाने भएपछि उनको ठाउँमा थापालाई पठाइएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले बताए ।