आन्दोलनलाई सशस्त्र दमन गर्ने गृहमन्त्री बादलको संकेत - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

आन्दोलनलाई सशस्त्र दमन गर्ने गृहमन्त्री बादलको संकेत



गृहमन्त्री रामबहादुर थापा बादलले ‘प्रतिक्रियावादी शक्ति’ले अवरोध गरेका खण्डमा आन्दोलनलाई सशस्त्र दमन गर्ने बताएका छन् ।

‘प्रतिक्रियावादी शक्तिले अवरोध गरेका खण्डमा गर्नुपर्ने अवस्था आउन सक्छ’ उनले भने ।

जनयुद्ध दिवसका अवसरमा शनिबार (फागुन १ गते) काठमाडौंमा ओली समूहनिकट नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री थापाले समाजवादी क्रान्ति अघि बढाउने क्रममा प्रतिक्रियावादी वर्गले सशस्त्र आक्रमण गर्न खोजे सरकारले त्यसविरुद्ध सशस्त्र दमन पनि गर्नुपर्ने अवस्था आउने बताएका हुन्।