सरकारविरुद्ध गृहमन्त्री बादल नै सडकमा ओर्लिए - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

सरकारविरुद्ध गृहमन्त्री बादल नै सडकमा ओर्लिए



काठमाडौं- सरकारको विरुद्धमा गृहमन्त्री रामबहादुर थापा बादल नै सडकमा ओर्लिएका छन ।

गृहमन्त्री थापा रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि आयोजित विरोध सभामापुगेर सम्बोधन गरेका छन् ।

थारुहट–थारुवान संयुक्त संघर्ष समितिले माइतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रममा सहभागी हुँदै थापाले सडकमा बसेर सम्बोधन गरेका छन् ।

विरोध कार्यक्रम थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको हो ।

२०७२ सालमा प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो ।

सो घटनामा सांसद रेशम चौधरी दोषी ठहर भई हाल जेलमा छन् । अन्य थारु अगुवाहरु पनि कोही जेलमा छन् भने कोही फरार रहेका छन् ।