गृहमन्त्री बादलको राजिनामा मागियो - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

गृहमन्त्री बादलको राजिनामा मागियो



काठमाडौं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको धरपकड र गिरफ्तारीको भत्सर्ना गर्दै नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ।

संघले उक्त घटनाको भत्सर्ना गर्दै दोषीमाथि कडा कारवाही तथा गृहमन्त्रीको राजीनामा माग गरेको हो।

संघकी अध्यक्ष उमा रेग्मीले जारी गरेको विज्ञप्तिमा घटनालाई लोकतन्त्रको खोल ‌ओडेर गरिएको बर्बर तानाशाही आक्रमण र लोकतन्त्रमाथिको प्रहार भन्दै यस्तो कदमविरुद्ध सडक आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ।

वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको घटनाको विरोधमा नेपाली कांग्रेसका भातृसंगठनहरूले देशका विभिन्न स्थानमा आन्दोलन गरिरहेका छन्।