गृहमन्त्री बादललाई आर्यघाट पुर्‍याउने नेतृ थापाको चेतावनी - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

गृहमन्त्री बादललाई आर्यघाट पुर्‍याउने नेतृ थापाको चेतावनी



काठमाडौँ- नेकपाकी नेतृ अमृता थापा मगरले नेकपा ओली समुहका नेता तथा गृहमन्त्री राम बहादुर थापा बादललाई आर्यघाट पुराउने चेतावनी दिएकी छन् ।

उनले पार्टीका विरोधी समूहलाई चिडियाखाना पुर्‍याउने गृहमन्त्री रामबहादुर थापाको चेतावनीलाई संकेत गर्दै भनिन्- हामीलाई चिडिया खाना हैन, प्रतिगमनका मतियारहरुलाई आर्यघाट पुर्‍याउँछौँ।

उनले प्रतिगमनविरुद्ध हँसिया/हतौडासहित उत्रन महिलाहरुलाई आह्वान समेत गरेकी छन्।

बलात्कारका घटना बढिरहेको, सरकार उदासिन रहेको र प्रधानमन्त्रीले प्रतिगमनको बाटो रोजेको भन्दै उनले आम महिलालाई त्यस्तो आग्रह गरेकी हुन्।

‘तपाईहरु हँसिया/हतौडा, डाडु पुन्युसहित उत्रनुस्। प्रतिगमन नसच्चिएसम्म संघर्ष गर्नुस्’, नेकपाका प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन सभामा बोल्दै अनेम संघकी अध्यक्षसमेत रहेकी थापाले भनिन्।