दोस्रो बरियता पाउनेगरी बादल ओली पक्षमा - Himal Post Himal Post
  • ९ बैशाख २०८२, मंगलवार
  •      Tue Apr 22 2025
Logo

दोस्रो बरियता पाउनेगरी बादल ओली पक्षमा



काठमाडौं- सरकारका गृहमन्त्री समेत रहेका नेकपाका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा उभिएका छन् ।

लामो मन्थन र प्रसस्त बार्गेनिङपछि बादल बालुवाटारलाई साथ् दिने निष्कर्षमा पुगेको उनीनिकट नेताहरूले बय्ताएका छन् । दुवैतर्फ लामो समय नखुलेका बादल प्रधानमन्त्री ओली पक्षमा दोस्रो बरियता सहित जाने निश्चित भएको छ ।

पूर्वमाओवादीको कोटाबाट मन्त्री बनेका बादलसंग आफ्नै छुट्टै गुट समेत छ । उनको गुटमा करिव २ दर्जन नेताहरू छन् तर, उनले ओलीलाई साथ् दिने भएपछि धेरै नेताहरूले उनलाई साथ् नदिने बताएका छन् ।

प्रचण्ड-नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिँदा र पार्टीबाट चर्को दवाव आउँदा समेत उनले मन्त्री पद छाडेका थिएनन । पछिल्लो समय उनले बैठक भन्दा परामर्शलाई ब्यापकता दिएका थिए ।

बादलनिकट मानिने केही नेताकार्यकर्ताले पनि उनलाई प्रचण्ड–नेपाल समूहमै लाग्न दबाब दिँदै आएपनि उनले भने कसैको कुरा सुनेका थिएनन्।

लामो समय नखुलेका बादल बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग लामो छलफल गरेर प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

दुवै नेतालाई भेटेपछि बादलले आफू निकटलाई ब्रिफिङ गर्दै ओलीसंग सहकार्य गर्न लागेको संकेत गरेका थिए ।