महासेठ र बादलबीच खतराको संकेत - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

महासेठ र बादलबीच खतराको संकेत



काठमाडौं।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कुनै हालतमा सिन्डिकेट नफर्किने दाबी गरेका छन्।

पछिल्लो समय सिन्डिकेट पक्षका व्यवसायीप्रति लचिलो बनेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ प्रति लक्षित गर्दै भने, ‘कसैले चलखेल नगरे हुन्छ सिन्डिकेट फर्किदैन।

नयाँ बसपार्कमा युनाइटेड नेपाल ट्रान्सपोर्ट भलार्इ एण्ड इन्भेष्टमेन्ट प्रालिले आयोजना गरेको यातायात क्षेत्रको विद्यमान अन्योंल,चुनौती र समाधान विषयक कार्यक्रममा वोल्दै मन्त्री थापाले सिन्डिकेट र कार्टेलिङबाट समृद्धि नआउने भन्दै सरकारले यसलार्इ पूर्ण रुपमा हटाएको दाबी गरे।

‘हिजोको यातायात जुन विधि र विधानबाट चलेको थियो जसलार्इ हामी सिन्डिकेट भनेर बुझ्ने गर्दथ्यौ अव यातायात क्षेत्र यसरी चल्दैन’उनले भने‘यातायातमा आमुल परिवर्तन गर्नुपर्छ। हामी यात्रुहरुलार्इं पनि सुविधा हुने र व्यवसायीको पनि हित होस् भन्ने चाहान्छौ।’