विकासको बाधक मदिरा र लागुऔषध: गृहमन्त्री बादल - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

विकासको बाधक मदिरा र लागुऔषध: गृहमन्त्री बादल



दैलेख– गृहमन्त्री रामबहादुर थापाले मदिरा र लागुऔषध देश विकासको बाधक बनेको बताएका छन् ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेखबाट शुरु गरिएको ‘स्वस्थ्य, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माणको अभियान’अन्तर्गत गृह मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

लागुऔषध निशेष, मदिरा नियन्त्रण र महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणसम्बन्धी गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने “मदिरा र लागुऔषधले महिला हिंसा, बलात्कार र बालबालिकामाथि हुने हिंसा बढाएको छ ।” उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने सरकारको अभियानलाई अनियन्त्रित मदिराले प्रत्यक्ष प्रभाव पारिरहेको जिकिर गरे ।

लागुऔषध निषेध र मदिरा नियन्त्रण सरकारको एक्लो प्रयासले नसक्ने भन्दै उनले आम जनता मिलेर सोे अभियानमा लाग्न आग्रह गरे ।

स्थानीय तहका वडा तहदेखि नै नीति बनाएर मदिरा बिक्री वितरणका लागि निश्चित स्थान तोक्नुपर्ने उनको भनाई छ । २० वर्ष नपुगेकालाई मदिरा बिक्री वितरण गर्न रोकेर मदिरा सेवन गर्न तिनपुस्ते विवरण तयार गरी कडाइ गर्नुपर्नेमा उनको जोड छ ।

सोही कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई परनिर्भरताबाट रोक्नुपर्ने बताए ।