बादललाई गद्दार घोषणा गर्न माग - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

बादललाई गद्दार घोषणा गर्न माग



काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा पार्टी छाडेका नेता रामबहादुर थापा ‘बादल’लाई गद्दार घोषणा गर्न माग भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिने क्रममा प्रदेश १ का टोली नेता हर्कबहादुर नेम्वाङले यस्तो माग गरेका हुन्।

उनले माओवादीले आफैंलाई बदल्ने संकल्प गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्। प्रदेश १ समूहले कार्यकर्ताको मूल्याङ्कन नेताको मनोमानीमा हुने गरेको बताउँदै त्यसलाई विधिसम्मत बनाउन पनि माग गरेका छन्।

उनले समूहकोतर्फबाट पेश गरेको सुझावमा माओवादी छाडेर एमालेमा गएका नेता बादलसहितलाई गद्दार घोषित गर्न भनेका हुन्।

‘माओवादी छाडेर एमालेमा गएका नेताहरु रामबहादुर थापा ‘बादल’हरुको गद्दारीलाई संस्थागत गर्नुपर्छ’, यो समूहको सुझावमा भनिएको छ।

त्यसैगरी यो समूहले संविधान निर्माणमा राखिएका फरक मत पनि सार्वजनिक गर्नुपर्ने माग नेतृत्वसँग गरेको छ।