बालुवाटारबाट निस्किएका बादल एकाएक प्रचण्ड निवासमा - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

बालुवाटारबाट निस्किएका बादल एकाएक प्रचण्ड निवासमा



काठमाडौं- प्रधानमन्त्री ओलीसंग छलफल गरेर निस्किएका गृहमन्त्री रामबहादुर थापा बादल एकाएक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पुगेर छलफल गरेका छन्।

बालुवाटारबाट निस्किएका बादल बुधबार दिउँसो प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए। प्रचण्ड र बादलबीच केहीबेर गम्भीर छलफल भएको बताइएको छ ।

केहीबेरको छलफलपछि बादल त्यहाँबाट निस्किएको र प्रचण्ड भने बानेश्वरको बैठकमा हिडेको बताइएको छ। छलफलपछि बादलले छलफल सकारात्मक भएको आफू निकटलाई बताएका थिए ।

गृहमन्त्री थापासँग छलफल सकेर अध्यक्ष प्रचण्ड संसदीय दलको बैठकमा सहभागी हुन बानेश्वर पुगेका थिए । उनीहरूबीच भएको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।