गृहमन्त्री बादललाई पदमुक्त गर्न माओवादी केन्द्रको पत्र - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

गृहमन्त्री बादललाई पदमुक्त गर्न माओवादी केन्द्रको पत्र



काठमाडौं- नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई पनि कारबाही गरेको छ ।

माओवादीबाट समानुपातिक सांसद बनेका बादललाई सांसदबाट पदमुक्त गर्न माओवादी केन्द्रले संघीय संसद् सचिवालयमा पत्राचार गरेको हो।

माओवादी केन्द्र छाडेर एमालेमा गएका प्रतिनिधि सभाका चार सांसदलाई पदबाट हटाएको भोलिपल्ट थापाले दल त्याग गरेको पत्र सचिवालयमा पठाएको बताइएको छ ।

थापा माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । सांसद नरहेपछि बादलले गृहमन्त्री पद त्याग्नु पर्नेछ ।