आफ्नै गृहजिल्ला पुग्दा गृहमन्त्री बादललाई झट्का - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

आफ्नै गृहजिल्ला पुग्दा गृहमन्त्री बादललाई झट्का



चितवन – गृहमन्त्री रामबहादुर थापा बादललाई आफ्नै गृहजिल्ला चितवनमा आफ्नै समर्थकले कालो झण्डाले स्वागत गरेका छन्।

प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सोमबार गृह जिल्ला आएका गृहमन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको थियो ।

कार्यक्रमस्थल भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरुले बेलुन उडाएर विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले ‘बादल लाल गद्धार, संवैधानिक ‘कू’का मतियार’ लेखेको ब्यानर कालो बेलुनमा बाँधेर उडाएका थिए । पूर्वमाओवादी समूहबाट गृहमन्त्री बनेका बादल ओली समूहमा लागेका छन् ।