बादलका लागि आयोगले माग्यो डेढ करोड - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

बादलका लागि आयोगले माग्यो डेढ करोड



काठमाडौं- निर्वाचन आयोगले सरकारसँग बजेट माग गरेको छ । आयोगले राष्ट्रियसभाको उपनिर्वाचनका लागि बजेट मागेको हो ।

मंगलबार अर्थमन्त्रालयलाई पत्र पठाउँदै आयोगले डेढ करोड भन्दाबढी बजेट माग गरेको छ । उपनिर्वाचनका लागि आयोगले एक करोड ६१ लाख ३० हजार बजेट अनुमान गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको लागि उपनिर्वाचनको लागि बजेट माग गरिएको हो । आयोगले आर्थिक व्यवस्थापन सम्बन्धमा उपनिर्वाचन संचालन आर्थिक कार्यविधि-२०७८ तयार गरेको पनि जनाएको छ ।