जबज जनवादी कार्यक्रम थियो, यसको अझै व्याख्या हुन्छ: बादल - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

जबज जनवादी कार्यक्रम थियो, यसको अझै व्याख्या हुन्छ: बादल



काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले महाधिवेशनको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेकाले शुक्रबारदेखि सुरू हुन लागेको बताए।

महाधिवेशन उद्घाटन सत्रपछि बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष केपी शर्मा ओली शर्माले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् । यस्तै, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताप पेश गर्ने छन् ।

पत्रकारहरुले सोधेको प्रश्नमा बादलले एमालेले बोकेको जबज जनवादी कार्यक्रम रहेको बताएका छन् । उनले भने, ‘जबजको कार्यक्रम भनेको त्यसबेला जनवादी कार्यक्रम थियो ।’

जबज अझैं सान्दर्भिक भएको भन्दै बादलले भने, ‘समाजावदमा संक्रमण गर्ने कार्यक्रम पनि त्यसमा थियो । राष्ट्रिय पुँजीको विकास गर्ने कुरा पनि जबजमा थियो । किनभने राष्ट्रिय पुँजीको विकास नगरी समाजवादमा पुग्न सकिन्न । त्यसैले यो अहिले पनि सान्दर्भिक छ।’

‘प्रतिवेशनमा नेकपाको सरकार, आगामी मार्ग दर्शन, देश विकासको मूल सत्रु को हो ? भन्ने विषयमा विश्लेषण गरिएको छ, यस्तै पार्टीको आन्तरिक कार्यभारदेखि अबको समाजवाद निर्माणको विकासबारे छलफल हुने छ,’ पत्रकार सम्मेलनमा बोल्दै बादलले भने, ‘यस महाधिवेशनले विचार सम्प्रेषण गर्ने छ, यसका एमालेको मूल सिद्धान्त जनताको बहुदलीय जनवाद ‘जबज’को बारेमा विस्तृत छलफल हुनेछ ।’

महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय विभागबाट चुनिएकाहरू, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत विभिन्न निकायबाट चुनिएकाहरू पदाधिकारी सहभागी हुन सक्ने संयोजक बादलले जानकारी दिए ।

एमालेले महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ, सचिव र कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा, सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरेको थियो ।

आगामी आइतबारसम्म चल्ने विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुने भएको छ ।