बादलको आशा : गठबन्धन टुट्ला र खाउँला ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बादलको आशा : गठबन्धन टुट्ला र खाउँला !



नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेपाली राजनीतिमा छिटै नयाँ ध्रुवीकरण हुने बताएका छन् ।

नेकपा एमालेले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण हुने दावी गरे ।

यो स्वार्थले बनेको अवसरवादीहरुको गठबन्धन हो, अवसरवादीहरुले एमालेलाई एक्ल्याउन खोजेका थिए । एमसीसीकै कारण अबको एक दुई दिनमा गठबन्धन भत्किन्छ र, राष्ट्रिय राजनीतिमा ध्रुवीकरण हुन्छ’ उपध्यक्ष बादलले भने ।

बादलले अहिलेको सत्ता गठबन्धनलाई प्रतिक्रियावादी र अवसरवादीको संज्ञा दिए । एमालेको नेतृत्वमा मात्रै समृद्धि सम्भव रहेको भन्दै उनले निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।