नेकपामा तेस्रो गुट जन्माउने तयारीमा वामदेव र बादल: भैंसेपाटीमा छलफल - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

नेकपामा तेस्रो गुट जन्माउने तयारीमा वामदेव र बादल: भैंसेपाटीमा छलफल



काठमाडौं- नेकपा सचिवालय सदस्यद्वय वामदेव गौतम र राम बहादुर थापा बादल तेस्रो गुट बनाउने तयारीमा जुटेका छन ।

नेकपाभित्र ओली र दाहाल-नेपाल पक्षका गुटगत भेलामा सहभागी नभएका गौतम र थापाले तेस्रो गुट निर्माण गर्ने तयारीस्वरूप गौतम निवासमा छलफल गरिरहेका छन् ।

आफ्नो गुटको भेलामा आउन ओली र दाहाल-नेपाल पक्षको पटकपटकको आग्रहलाई अस्विकार गरेका गौतम र थापाले नेकपामा तेस्रो गुट बनाउने तयारी गरेको स्रोतले बतायो ।

त्यसै अनुरुप छलफल गर्न अहिले बादल गौतम निवास भैसेपाटीमा छन् । यस अघि दुवै नेताले फकाउन पुगेका ओली र दाहाल-नेपाल पक्षका नेताहरुलाइ गुटगत भेलामा नजाने भन्दै बिचार गर्न २/४ दिनको समय मागेका थिए ।

पार्टीमा तेस्रो धार निर्माण गरि मुलधारका दुबै पक्षसँग “बार्गेनिङ पावर” संचित गर्ने रणनीतिमा गौतम र बादल एक हुन लागेको स्रोतको दाबी छ ।