फेरी गृहमन्त्री बने बादल, सपथग्रहण गराउने तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका केन्द्रीय सदस्य रामवहादुर थापा बादललाई गृहमन्त्रीमै पुनःनियुक्ति गरेका छन् ।
बादललाई आजै साँझ ५ बजे राष्ट्रपति निवासमा सपथग्रहण गराउने तयारी गरिएको छ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो ।
संसद सचिवालयले आज विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको छ । यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमाले प्रवेश गरेपछि उनीहरुको पद रिक्त गराइसकेको छ ।
त्यस्तै एमाले प्रवेश गरेका प्रदेसशभा सदस्यहरुको पद पनि रिक्त गराइएको छ ।