बादललाई भाग्य र अदालतले एकैदिन ठगेपछि... - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

बादललाई भाग्य र अदालतले एकैदिन ठगेपछि…



काठमाडौं- निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलले एकैदिन दुई वटा झट्का बेहोरेका छन् । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रियपात्र बनेका बादलले अहिले भने राजनीतिक जीवनकै अफ्ठ्यारो मोडमा पुगेका छन् ।

बागमती प्रदेशबाट राष्ट्रिय सभाको उपनिर्वाचनका लागि उमेद्वार बनेका बादलमाथि भाग्यको फैसला र अदालतको फैसला एकैदिन भएको छ । गृहमन्त्रीमा पुनःनियुक्त भएको छैटौं दिनमा बादलको राजनीतिक जीवनमा निकै ठुलो अफ्ट्यारो आइपरेको छ ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि पनि माओवादी केन्द्र नफर्किएका बादलले एमाले रोजेकै कारण सांसद पद गुमाएका थिए। अफ्ठ्यारोमा साथ दिएको भन्दै ओलीले उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गरे पनि। पहिलो गाँसमा ढुंगा भनेझैं, जसरी ३१ गतेको सपथ ओलीका लागि विवादित बन्यो, बादलसहितका ७ मन्त्रीले नै पद गुमाए ।

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जितेर पुनः सांसद बन्ने सपना देखेका बादलका लागि जेठ ६ गते राजनीतिक जीवनकै कालो दिन बनेको छ । बिहीवार दिउँसो सर्वोच्चको आदेशसँगै मन्त्री पद गुमाएका बादलले अपरान्ह राष्ट्रियसभाको उपनिर्वाचनमा समेत हार व्यहोरेका छन्।