प्रचण्ड-नेपाललाई चिडियाखानामा बन्द गर्ने बादलको चेतावनी - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

प्रचण्ड-नेपाललाई चिडियाखानामा बन्द गर्ने बादलको चेतावनी



काठमाडौं । नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रचण्ड-नेपाल समूहलाई चिडियाखानामा बन्द गर्ने चेतावनी दिएका छन् ।

ओली समूहले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले मांसहारी आन्दोलन गर्नेहरूलाई चिडियाखानामा बन्द गर्ने चेतावनी दिएका हुन् ।

प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै उनीहरुमाथि कानुनी कारबाही गर्ने बादलले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको (नेकपा) ले आज काठमाडौंमा गरेको शक्ति प्रदर्शनमा उनले यस्तो बताएका हुन् । मासंहारी आन्दोलनलाई संविधानले अपराध मानेको भन्दै गृहमन्त्री थापाले भने, “त्यस्तो चेतावनी दिनेहरुलाई जावलाखेलको जु (चिडियाखाना) मा लगेर राख्छौं ।”