बादललाई भोट नदिनेलाई कारबाही गर्ने एमालेको तयारी
काठमाडौं- नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीले उम्मेदवार बनाएका रामबहादुर थापा बादललाई भोट नदिने प्रदेश सांसदलाई कारबाही गर्ने तयारी गरेको छ ।
राष्ट्रियसभाको उपनिर्वाचनमा थापालाई भोट हाल्न एमालेले ह्वीप लगाएको थियो । उक्त ह्वीप उल्लंघन गर्ने प्रदेश सांसदलाई कारबाही गर्ने एमालेले तयारी गरेको हो । त्यसका लागि मुख्यमन्त्री पौडेलले संसदीय बोर्डको बैठक बोलाएका छन् ।
पौडेलले बोलाएको बोर्ड बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सो बैठकले राष्ट्रियसभामा थपाविरुद्ध लागेका प्रदेश सांसदलाई स्पष्टीकरण सोध्ने तयारी छ । त्यससँगै उनीहरूमाथिको कारबाही अगाडि बढ्ने छ ।
एमालेका प्रदेशसांसद समेतले पार्टीको ह्वीप उल्लंघन गरेपछि डा. खिमलाल देवकोटा राष्ट्रियसभामा विजयी भएका थिए ।
देवकोटा विजयी भएसँगै एमालेका प्रदेश सांसद राजेन्द्र पाण्डेलगायतले माला लगाएर बधाइ दिएका थिए । एमालेले पाण्डेसहित १३ जना प्रदेश सांसदलाई कारबारी गर्ने तयारी गरेको हो ।