बादलले दिए खिमलाललाई बधाई - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

बादलले दिए खिमलाललाई बधाई



काठमाडौं- बागमती प्रदेशको राष्ट्रियसभा सदस्य पदमा आज भएको उपनिर्वाचनमा पराजित भएका एमाले नेता रामबहादुर थापा बादलले विजयी उम्मेदवार खिमलाल देवकोटालाई बधाई तथा शुभकामना दिएका छन् ।

उनले आफूलाई मत दिने सबैप्रति आभार समेत प्रकट गरेका छन् ।

‘आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद ।

‘विजयी उम्मेदवार डा खिमलाल देवकोटालाई बधाई’, बादलले सामाजिक सञ्जालमा लेखेका छन् ।