म बाँचेको देखेर मान्छेहरु आत्तिए : केपी ओली - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

म बाँचेको देखेर मान्छेहरु आत्तिए : केपी ओली



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनताले गरेको मायादेखि मान्छेहरु आत्तिएको टिप्पणी गरेका छन् । जनताको मायालाई एक इन्चपनि तलमाथि हुन नदिने प्रतिबद्धता उनले गरेका छन् ।

पार्टीको विधान महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिँदै ओलीले आफू बाँचेको भएर मानिसहरु आत्तिएको टिप्पणी गरेका हुन् ।

ओलीले भने, ‘मान्छेहरु दुई कुराले आत्तिएका छन् । एउटा म बाँचेर आत्तिएका छन् । अब त बिरामी भयो, म्यानिन्जाइटिस भयो, के भयो फेरि बाँच्यो भन्छन् ।’

ओलीले आगामी निर्वाचनमा आफूले बहुमत ल्याएरै देखाउने दाबी गरे । उनले भने, ‘जनताले मलाई गरेको माया देखेर आत्तिएका छन् । तपाईंहरुको मायालाई एक इन्च तलामाथी हुन दिनेछैन । तपाईँहरू ढुक्क हुनुस्, म बहुमत ल्याएर देखाउनेछु ।’

उनले आफू देवत्वकरणको पक्षमा नरहेको पनि बताए । उनले भने, ‘हामी देवत्वकरणका पक्षमा छैनौ । हामी देवता मान्दैनौ। तर नेतृत्व भने चाहिन्छ । हामी सबै नेता हो तर त्यो विचमापनि नेतृत्व गर्ने लिडरसिप चाहिन्छ ।’