अमिताभ वच्चनले भने: म निको भएर घर फर्किएँ - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

अमिताभ वच्चनले भने: म निको भएर घर फर्किएँ



एजेन्सी-भारतीय सिने जगतका चर्चित अभिनेता अमिताभ वच्चन कोरोना भाइरसलाई जितेर घर फर्किएका छन्।

आइतबार ट्विटरमा जानकारी दिँदै उनले आफू अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन्। उनले ट्विटरमा भनेका छन्, ‘मेरो कोरोना परीक्षण गराएर घरको क्वारेन्टाइनमा फर्किएको छु।’

उनले आफूलाई जन्‍म दिने माता पिताको आशिर्वाद, समर्थकहरुको प्रार्थना र नजिकबाट माया गर्ने फ्यानहरुको मायाले सुरक्षित रहेको बताएका छन्।

यसका साथै नानावती अस्पतालमा काम गर्ने नर्सहरुलाई धन्‍यावाद दिएका छन्। उनले भनेका छन्, ‘ नानावती अस्पतालका नर्सहरुकै कारण आज म यो दिनमा देख्‍न पाएको छु। उहाहरुले ख्‍याल गर्नुभएकोमा धेरै आभारी छु।’

अमिताभलाई असार २७ गते कोरोना भाइरसको संक्रमण देखिए पछि अस्पताल भर्ना भएका थिए। उनी आफैले शनिबार राति आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।

साथै पुष्टि भएपछि अस्पतालमा आइसोलेसनमा बसेको जानकारी आफ्ना शुभेच्छुकहरुलाई गराएका थिए।