बैंकहरुले बचतको पनि ब्याज बढाउने - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

बैंकहरुले बचतको पनि ब्याज बढाउने



मुद्दती खाताको ब्याजदर नबढाउने भद्र सहमति गरेका बैंकहरुले उत्त खाताको ब्याज नबढाए पनि सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज भने बढाउन थालेका छन् ।

केही बैंकहरुले तरलता अभावमा ऋण दिनै रोकेको बेला केहीले ब्याज बढाएका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

लगानीयोग्य पुँजीको अभाव भएको भन्दै बैंकहरुले धमाधम बचत खाताको ब्याजदर बढाउन लागेका हुन् ।

बचत खातामा ६ देखि ७ प्रतिशत ब्याज दिँदै आएका बैंकहरुले बढाएर ८.५० प्रतिशतसम्म पुर्याएका छन् ।