बार्सिलोनालाई गोलको उपहार बन्यो जितको उपहार - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

बार्सिलोनालाई गोलको उपहार बन्यो जितको उपहार



एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले उपहार गोलको सहयोगमा म्यानचेस्टर युनाईटेडलाई १–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाईटेडका लुक शले अत्मघाति गोल गरेका थिए । खेलको १२ औं मिनेटमा बार्सिलोनाका लुइस स्वारेजको हेड डिफेन्डर शलाई लाग्दै गोल भएको थियो ।

यो जितसँगै बार्सिलोनाले पहिलो लेगमा १–० गोलको अग्रता बनाएको छ । अब अर्काे लेग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।