बाबुरामले देउवालाई प्रतिगमनको दोस्रो भेरियन्ट भनेपछि... - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

बाबुरामले देउवालाई प्रतिगमनको दोस्रो भेरियन्ट भनेपछि…



काठमाडौं- जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एकाबिहानै नयाँ चिन्ता ब्यक्त गरेका छन् । उनले प्रतिगमको नयाँ भेरियन्ट आउन सक्ने चिन्ता ब्यक्त गरेका छन् । उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रतिगमन गर्नसक्ने संकेत गरेका छन् ।

उनले पहिलो भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्ने भन्दै देउवाप्रति शंका गरेका छन् । प्रधानमन्त्री देउवाले अर्ली इलेक्सन गर्ने चर्चा चलिरहेका बेला भट्टराईले यस्तो बताएका हुन् ।

उनले पहिलो भेरियन्टले विधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्नेगरी आउन सक्ने बताएका छन् ।

कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्ने उनको भनाइ छ । पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्ने उनले चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन् – ‘कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ।अत: ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौँ !’